Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंका सबै वडामा एमडीजीपी डाक्टर राख्ने महानगरको प्रस्ताव

काठमाडौंका सबै वडामा एमडीजीपी डाक्टर राख्ने महानगरको प्रस्ताव

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाहले काठमाडौंका सबै वडाका क्लिनिकहरुमा एमडीजीपी डाक्टर राख्न प्रस्ताव राखेका छन्।

आइतबारको नगर कार्य पालिकाको बैठकमा शाहले काठमाडौंका ३२ वटै वडाहरुमा क्लिनिक सञ्चालनका लागि एमडीजीपी डाक्टर र सबै वडाहरुमा नर्स राख्ने प्रस्ताव गरेका हुन्।

स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका सबै वडामा क्लिनिक सञ्चालन गर्ने तयारी गरेको महानगरले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार