दुई साता पछि सर्यो डा गोविन्द केसीको अनसन
हेल्थ टिभी अनलाइन \काठमाडौं : डा गोविन्द केसीले आजदेखि सुरु गर्ने भनेको अनसन दुई साता पछि सरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सरकारले आफूसँग समय मागेकाले अनसनको समय दुई साता पछि सारेको बताएका हुन्।
उनले स्वास्थ्य क्षेत्रको समग्र विकासको एजेन्डामा ६ बुँदे माग राख्दै माग पूरा नभए भदौ १२ गतेदेखि आमरण अनसन बस्ने चेतावनी दिएका थिए । तर उनले सरकारले समस्या समाधान गर्न छलफलका लागि समय मागेकाले अनुसनको समय पछि सारेको प्रतिक्रिया दिए । उनले भदौ २७ सम्म पनि माग पूरा नभए आफू सत्याग्रहमा जाने बताए ।
डा केसीले तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, मापदण्ड नपराई खुलेका स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग अघि सारेका छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’