नेपालमा लक्षित जनसंख्याको ९१ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना खोप अभियान सुरु भएयता लक्षित जनसंख्याको ९१ दशमलब ४ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्।
यसैगरी एक मात्रा मात्र खोप लगाउने ९४ दशमलब २ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले लक्षित जनसंख्या भनेर १२ वर्षभन्दा माथिका समूहलाई राखेको छ । उता कुल जनसंख्याको ७५ दशमलब ३ प्रतिशतले एक मात्रा र ७३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ करोड ८ लाख ४१ हजार ३१५ मात्रा खोप प्रयोग भएको छ । यो मध्ये ७५ लाख ६२ हजार ६१५ जनाले बुस्टर डोज लगाएका छन्।
अहिलेसम्म नेपालले सहयोगमा पाएको र खरिद गरेको गरी ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप प्राप्त गरेको छ । अहिले पनि देशभर खोप अभियान सञ्चालनमा रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण