नवौं र एघारौं तहका रिक्त पदको विवरण तुरुन्त पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका कार्यालयहरुलाई स्वास्थ्य सेवाको नवौं र एघारौं तहमा रिक्त रहेका पदहरुको विवरण तीन दिन भित्र पठाउन निर्देशन दिएको छ।
मन्त्रालयले लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक बर्ष २०७९ \८० मा रिक्त पदहरुको पदपूर्ति गर्ने पर्ने भएकाले तुरुन्त रिक्त पदहरुको विवरण माग गरेको हो ।
मन्त्रालयले स्वास्थ्य सेवा विभागदेखि केन्द्रिय अस्पताल एवम प्रतिष्ठान गरी आफू मातहतका २६ वटा निकायलाई विवरण माग गर्दै पत्र पठाएको छ।
यसैगरी मन्त्रालयले आफूहरुले जारी गरेको ढाँचा बमोजिम विवरण उपलब्ध गराइदिन पनि आग्रह गरेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’