थप ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: देशभर २४ घण्टामा ४८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार १७७ जनाको नमुना परीक्षण गरिएकोमा ४८७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी १६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने १ जना कारोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ४ हजार २९८ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९९५ जनाको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण