Health TV Online
Health TV Online
Health TV Online

थप ६३४ जनामा कोरोना संक्रमण

थप ६३४ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर २४ घण्टामा ६३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ९४९ जनाको नमुना परीक्षण गरिएकोमा ६३४ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी आज ४१७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने १ जना कारोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ४ हजार २२१ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९९४ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ४ प्रतिशत रहेको छ ।

अहिले सक्रिय संक्रमितमध्ये ५२ जनाको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार