Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकको राष्ट्रिय परिचय पत्र नेपाल चिकित्सक संघको कार्यालयबाटै

चिकित्सकको राष्ट्रिय परिचय पत्र नेपाल चिकित्सक संघको कार्यालयबाटै

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र नेपाल चिकित्सक संघको कार्यालयबाट बनाउन सकिने भएको छ । संघको पहलमा चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको केन्द्रीय कार्यालयमै बनाउन सकिने भएको हो ।

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौंको अनुरोधमा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले भाद्र ७ देखि १ महिनासम्मका लागि नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने सकिने बनाएको हो ।

राष्ट्रिय परिचय पत्र बनाउन चाहने चिकित्सकहरुले सक्कल कागजपत्रहरु सहित सोमबार विहान १० बजेदेखि शुक्रबार दिउँसो ४ बजेसम्म सम्पर्क गर्न भनिएको छ । शुक्रबारको हकमा भने विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म तथा शनिबार विहान १० बजेदेखि दिउसो ३ बजेसम्म आइपुग्नु पर्ने संघले सूचना जारी गर्दै जनाएको छ ।

सरकारले हरेक नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य बनाएको छ । त्यही अनुरुप अहिले परिचय पत्र बनाउने क्रम जारी छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार