Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघको टोली जुम्लामा, कुटपिट घटनाका विषयमा छलफल गर्दै

चिकित्सक संघको टोली जुम्लामा, कुटपिट घटनाका विषयमा छलफल गर्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि भएको कुटपिटका विषयमा जानकारी लिन नेपाल चिकित्सक संघका प्रतिनिधि जुम्ला पुगेका छन्। संघका केन्द्रिय उपाध्यक्ष डा अनिल विक्रम कार्की, महासचिव डा बद्री रिजाल र कोषाध्यक्ष डा प्रकाश बुढाथोकी जुम्लास्थित प्रतिष्ठान पुगेका हुन्।

घटना बारे विस्तृत रुपमा बुझ्न प्रतिष्ठान पुगेका संघका प्रतिनिधिले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलसहितका पदाधिकारी  एवम कुटपिटमा परेका डा करण शाहसँग छलफल गरेका छन्।

उनीहरुले जुम्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई सरकारले हालै ल्याएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन)  ऐन २०७९ का विषयमा रहेको व्यवस्थाका विषयमा जानकारी दिँदै कानुन कार्यान्वयन गर्ने विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रतिष्ठानको आकस्मिक कक्षमा डा शाहमाथि प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । प्रतिष्ठानले कुटपिट गर्ने कर्मचारी शाहीलाई ४५ दिनको लागि निलम्बन गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार