Health TV Online
Health TV Online
Health TV Online

परोपकार प्रसूति अस्पतालमा नेपालकै पहिलो  ह्युमन मिल्क ‘बैंक’ स्थापना, राष्ट्रपतिद्धारा उद्घाटन

परोपकार प्रसूति अस्पतालमा नेपालकै पहिलो  ह्युमन मिल्क ‘बैंक’ स्थापना, राष्ट्रपतिद्धारा उद्घाटन

हेल्थ टिभी अनलाइन \काठमाडौं : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो ह्युमन मिल्क बैंक अमृत कोषको स्थापना भएको छ। शुक्रबार काठमाडौं स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिएको हो।

बैंकले बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउनेछ।

आमाको दूध पोषणको उत्तम स्रोत हो र यसले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वस्थ विकासमा मद्धत पुर्‍याउँछ। आमाको दूधले शिशुको मस्तिष्कको विकासलाई बलियो बनाउँछ र बालबालिका र आमालाई जीवनभर फाइदा गर्छ। त्यसैले जन्मेको पहिलो घण्टामा हुने स्तनपानको प्रारम्भिक शुरुवात, जन्मदेखि ६ महिना उमेरसम्मको पूर्ण स्तनपान र २ वर्षसम्मको स्तनपान र त्यसपछिको पूरक आहारले शिशुलाई विभिन्न खालका संक्रमण र कुपोषणबाट जोगाउँछ भने शिशुाको मृत्यु हुन सक्ने जोखिमलाई समेत घटाउँछ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा रहेको ह्युमन मिल्क बैंक, अमृत कोषमा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दुध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने छ। यो अमृत कोष नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो।

समय नपुगि जन्मेका र कम तौल भएका जीवीत रहिरहन सक्ने तथा पर्याप्त शारीरिक तथा मानसिक विकास नहुनु बढी जोखिम हुन्छ । यसका साथै उनीहरूको कमजोर स्वास्थ्य अवस्थाका कारण उनीहरुलाई दूध खुवाउन पनि गाह्रो हुन्छ। प्रायजसो यस्ता शिशुहरुको सन्दर्भमा स्तनपान प्रत्यक्ष स्तनपान सम्भव हुँदैन। यस्तो अवस्थामा उनीहरुका लागि उत्तम विकल्प भनेको आमाको दूध निकालेर खुवाउनु भएकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक प्राडा अमिर बाबु श्रेष्ठले बताए ।

फोटो साभार :  यूनिसेफ नेपाल

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार