चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष तोकियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगले चिकित्सा क्षेत्रमा कार्यरत सबै विधाका शिक्षक हरुको उमेर ७० बर्ष कायम हुने निर्णय गरेको छ । आयोगले गत २४ साउनमा बसेको कार्यकारी समितिको बैठकले आगामी पाँच वर्ष पछि लागू हुने गरी शिक्षकहरुको उमेर हद ७० बर्ष तोकेको हो ।
यो नियम लागू भएपछि अबको ५ वर्षपछि चिकित्सकहरुले ७० वर्ष कटेपछी अध्ययन -अध्यापनमा सामेल हुन नपाउने भएका छन्।
अहिले चिकित्सा शिक्षा पढाउने शिक्षकहरुको उमेर हद डेन्टल र बेसिक साइन्स विषयका लागि ७५ बर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकिएको छ । नेपाल मेडिकल काउन्सिलले तोकेको यो उमेर हदलाई चिकित्सा शिक्षा आयोगले पनि मान्दै आएको छ ।
आयोगले चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले ‘उच्च शिक्षा तहका शिक्षक ९फ्याकल्टी० को न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९” तयार पारेको थियो ।
सोही मापदण्डमा उमेर हद घटाउने निर्णय भएको हो । नयाँ मापदण्डको बुदा १४ मा भनिएको छ, ‘शिक्षक फ्याकल्टी को उमेर सम्बन्धी व्यवस्थाः अन्यत्र जेसुकै लेखिएको भए तापनि यो मापदण्ड लागू भएको पाँचबर्ष पछि चिकित्सा शिक्षा क्षेत्रमा कार्ययरत सवै बिधाका शिक्षकको शिक्षकको उमेर ७० बर्ष भन्दा बढी हुने छैन ।’





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’