बढ्दै डेंगीको जोखिम, यस्ता छन् बच्ने उपाय
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो समय नेपालमा डेंगीको जोखिम बढ्दै गएको पाइन्छ । डेंगीको प्रकोप बढेसँगै सरकारले यसलाई नियन्त्रण गर्न अभियान पनि सुरु गरेको छ । नेपालमा गर्मी याम र मनसुन सुरु भएसँगै प्रत्येक वर्ष डेंगीका बिरामी आउने क्रम बढ्ने गरेको छ । यसबाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्ने भएकाले यो उपाय सबैले अपनाउन जरुरी छ ।
डेंगी भनेको ‘एडीस एजिप्टी र एडीस एल्बोपिक्टस्’ प्रजातीका लामखुट्टेहरुको टोकाइबाट सर्ने रोग हो । त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । डेंगी रोग लागेका व्यक्तिहरुमा निम्न लक्षणहरु देखा पर्न सक्छ:
१. एक्कासि ज्वरो आउने
२. टाउको, मांसपेशी तथा जोर्नी दुख्ने
३. थकान महसुस हुने
४. वाकवाकी लाग्नेवा बान्ता हुने
५. आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने
लामखुट्टेको टोकाईबाट हुने डेंगी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाउनु हुन अनुरोध गरिन्छ:
१. पुरा बाहुला भएको लुगा लगाउने
२. झुल भित्र मात्र सुत्ने
३. घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
४. घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
५. खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
६. गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
७. पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
८. साँझ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा र बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’