४ वर्षीय बालकले पाए नयाँ जीवन, खड्गी इन्स्टिच्युटमा नि:शुल्क शल्यक्रिया
हेल्थ टिभी अनलाइन \काठमाडौं : रामेछापका ४ वर्षीय बालकले यतिबेला नयाँ जीवन पाएका छन्। मिर्गौलामा २० एमएमको पत्थरी भएका बालकको आर्थिक अभावकै कारण शल्यक्रिया हुन सकेको थिएन । तर आइतबार ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले बालकको अवस्था देखेर नि:शुल्क शल्यक्रिया गरिदिए पश्चात बालकको ज्यान बचेको हो ।
रामेछापका ४ वर्षीय बालक किरण नेपालीलाई एक महिनादेखि ज्वरो आउने, पेट दुख्ने, पिसाब फेर्न गाह्र्रो हुने समस्या देखियो । अरुको मेलापात गर्दै जेनतेन दुई छोराछोरी एक्लै पालिरहेकी उनकी आमा रिता नेपालीले गाउँमै सामान्य उपचार गरिन । तर समस्या झनझन बढ्दै गएपछि उपचारका लागि ५ हजार रिण काढेर काठमाडौं आइन ।
उनले डा खड्गीलाई आफनो कमजोर आर्थिक अवस्थाकाबारेमा भनेपछि मनकारी डाक्टरले आफूले बच्चाको ज्यान जसरी पनि बचाउने बचन दिए । त्यसबेला आफूलाई भगवान नै भेटे जस्तो भएको बताउँछिन् रिता ।हुन पनि उनले छोराको उपचार गराउन सकुँला भनेर सोचेकी थिइनन। तर उनले डाक्टरले पैसा नलिने भनेपछि सम्झिइन कोही नहुनेको भगवान हुन्छन भन्थे हो रहेछ भन्ने लाग्यो । मेरो अगाडी भगवानका रुपमा डाक्टरलाई पाएँ उनले भनिन । अब त मैले मेरो छोराको उपचार गराउन नसकेर गुमाउन परेन । उहाँ डाक्टर नभेटेको भए त के हो केहो गहभरी आँसु झार्दै उनले भनिन ।
कान्ति बाल अस्पतालमा उनको जाँच गर्दा मिर्गौलामा पत्थरी भएको र शल्यक्रिया गर्न भनियो । त्यसका लागि कान्तिले उनलाई नजिकै रहेको त्रिवि शिक्षण अस्पताल रिफर गरिदियो । शिक्षण अस्पतालमा उनलाई तुरुन्त शल्यक्रिया गर्नपर्ने र त्यसका लागि ५० हजार रुपैयाँ जम्मा गर्न भनियो । कमजोर आर्थिक अवस्थाका कारण आमा रिता रनभुल्लमा परिन । रिण निकालेर लिएर आएको रकम सकिएको थियो । अब फेरि त्यति ठूलो रकम कहाँबाट ल्याउने ? । बिहान बेलुका छाक टार्न मुश्किल परिरहेका बेला यो रकम जम्मा गर्ने उनको कुनै उपाय नै थिएन । त्यसैले छोराको उपचार असम्भव जस्तै भयो उनका लागि । उनले उपचार गर्न नसक्ने भन्दै अब बच्चालाई जे भए पनि घर लैजाने निर्णय गरेको बताइन ।
त्यही बेलामा गाउँकै एक जना भाइ कुन अस्पतालमा काम गर्छु भनेको सम्झिइन र उनलाई फोन गरिन । उनलाई सबै व्यथा भनेपछि उनले आफू कार्यरत खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीमा बोलाए। इन्स्टिच्युटका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिष्ट डा सञ्जय खड्गीले बच्चा हेरेर तुरुन्त शल्यक्रिया गर्नपर्छ नत्र ज्यान नै तलमाथि हुनसक्छ भने । विपन्न नागरिकका लागि जे जस्तो शुल्कमा सरकारले गर्छ त्यही रकममा शल्यक्रिया गरिदिन्छु भन्दै डाक्टरले आमालाई ढाडस दिए । तर उनीसँग बिहान बेलुका खाने पैसा त थिएन । कसरी जम्मा गर्नु रकम ।
उनले डा खड्गीलाई आफनो कमजोर आर्थिक अवस्थाकाबारेमा भनेपछि मनकारी डाक्टरले आफूले बच्चाको ज्यान जसरी पनि बचाउने बचन दिए । त्यसबेला आफूलाई भगवान नै भेटे जस्तो भएको बताउँछिन् रिता ।

हुन पनि उनले छोराको उपचार गराउन सकुँला भनेर सोचेकी थिइनन। तर उनले डाक्टरले पैसा नलिने भनेपछि सम्झिइन कोही नहुनेको भगवान हुन्छन भन्थे हो रहेछ भन्ने लाग्यो । मेरो अगाडी भगवानका रुपमा डाक्टरलाई पाएँ उनले भनिन । अब त मैले मेरो छोराको उपचार गराउन नसकेर गुमाउन परेन । उहाँ डाक्टर नभेटेको भए त के हो केहो गहभरी आँसु झार्दै उनले भनिन ।
म जस्ता कति आमा होलान जसले आफू सँग पैसा नभएकै कारण आफना सन्तान गुमाउन परेको होला । आज म त्यही सोचिरहेछु। खड्गी इन्स्टिच्युटमा उनलाई शल्यक्रिया मात्र हैन बेड चार्ज, औषधि, खान, बस्न सबै नि:शुल्क गरिदिएको छ । त्यसले उनी झनै खुशी छिन्। अन्तराष्ट्रिय उपचार त्यो पनि सबै नि:शुल्क कसरी पाउँथे र म जस्तो गरिबले डाक्टरको मन ठूलो रहेछ । उनले भनिन ।

वरिष्ठ युरोलोजिष्ट तथा इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा सञ्जय खड्गीले कसैले पनि पैसा नभएकै कारण मिर्गौलाको पत्थरी पालेर बस्न नपरोस र कसैको पनि ज्यान नजाओस भनेर आफूले नि:शुल्क शल्यक्रिया गरिदिएको बताए । उनले भने, ‘बालककी आमा रुँदै हामीकहाँ आउनुभएको थियो छोरा बचाइदिनु पर्यो भन्दै । उहाँको आर्थिक अवस्था असाध्यै कमजोर देखेपछि मैले बच्चाको ज्यान बचाउने जिम्मा मेरो भयो भन्दै अत्याधुनिक प्रविधि मिनि पीसीएनएल मार्फत शल्यक्रिया गरिदिएको हुँ । अहिले बच्चा र आमाको आँखामा देखिएको खुशीले नै मलाई उर्जा थपेको छ ।’ अहिले बच्चाको अवस्था एकदमै ठीक भएको र एक दुईदिनमै डिस्चार्ज हुने उनले जानकारी दिए।
सोही उपचार त्यही लेबलको कुनै पनि प्राइभेट अस्पतालमा गर्ने हो भने लगभग डेढ लाख जति खर्च लाग्ने डा खड्गी बताउँछन्। तर यहाँ पैसा भन्दा पनि मानवता ठूलो हो । मैले त्यही मानवताकाे धर्म निभाएको हुँ, उनले भने ।
खड्गी इन्स्टिच्युट प्राइभेट संस्था भए पनि सो संस्थाले आर्थिक रुपमा विपन्न नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत अत्यन्त कम शुल्क लिएर तथा उपचार गर्न नसक्ने र उपचार नगरेका कारण ज्यानै जाने अवस्थामा रहेकाका लागि नि:शुल्क पनि उपचार गर्दै आएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’