स्वास्थ्यमा जिम्मेवारी हेरफेर : समन्वय महाशाखामा डा ठाकुर, क्षयरोग केन्द्रमा जोशी
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य मन्त्रालयमा फेरि एकपटक उच्च कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा संजय ठाकुरलाई दिइएको छ। यसैगरी राष्ट्रिय क्षयरोग केन्द्रमा फाजिलमा रहेकी डा रिता भण्डारी जोशीलाई पठाइएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गदै स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
उता फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश नं १ को स्वास्थ्य निर्देशनालयमा पठाइएको छ। यसैगरी डा विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौडामा पठाइएको छ भने केन्द्रका प्रमुख डा केशव पण्डितलाई मन्त्रालय तानिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’