कोरोना संक्रमणबाट मृत्यु हुनेमा ७५ प्रतिशत खोप नलगाएका
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेमा ७५ प्रतिशतभन्दा बढी कोरोना विरुद्धको खोप नलगाएका रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला केही दिन यता मृत्यु भएको संक्रमितहरुको अध्ययन गर्दा ७५ प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको खोप नलगाएको पाइएको हो । मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोरोना संक्रमण भएमा सिकिस्त बिरामी हुने र मृत्यु हुने सम्भावना १० गुणा बढी हुने भन्दै सबैलाई अनिवार्य कोरोना खोप लगाउन आग्रह गरेको छ ।
कोरोनाको जोखिम अहिले पनि कायम रहेकाले आवश्यकता अनुसार पहिलो मात्रा, दोस्रो मात्रा वा बुस्टर डोज खोप लगाएर कोरोना संक्रमणबाट हुने जटिलताबाट बच्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । सरकारले अहिले पनि विभिन्न खोप केन्द्रबाट कोरोना विरुद्धको खोप अभियान जारी राखेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण