थप ७६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५ हजार ६९० नमुना परीक्षण गरिएकोमा ७६० जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एक जना संक्रमितको मृत्यु भएको छ भने ३२४ जना संक्रमणमुक्त भएका छन्।
उता पछिल्लो २४ घण्टामा ४७ हजार ३४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ९६९ पुगेको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो