Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

उकालो लाग्दैछ कोरोना ग्राफ, एकैदिन ९१५ संक्रमित थपिए

उकालो लाग्दैछ कोरोना ग्राफ, एकैदिन ९१५ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर दिनप्रतिदिन उकालो लागिरहेको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा ९१५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीन सातायता प्रत्येक दिनजसो संक्रमित थपिने क्रम बढेको छ ।

यसैगरी आज ३०१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब २ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार