ललितपुर महानगरले बढी भिड हुने स्थानमै पुगेर कोरोना विरुद्धको खोप लगाउँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण बढ्न थालेपछि ललितपुर महानगरपालिकाले एक महिने कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ ।
महानगरले एक सूचना जारी गर्दै देशभर कोरोना संक्रमण बढेको र यसबाट बच्नका लागि एक मात्र उपाय खोप भएकाले एक महिनासम्म यसअघि छुटेका वा बुस्टर डोज लगाउन पर्नेलाई खोप दिन लागिएको जनाएको छ । महानगरले बढी भिडभाड हुने स्थानलाई खोप केन्द्र बनाएर खोप लगाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, यातायात कार्यालय, लगनखेल बसपार्क, मंगलबजार कृष्ण मन्दिर लगायतका सार्वजनिक स्थलमा खोप केन्द्र राखेर अभियान सुरु गरिएको महानगरले जनाएको छ ।
उक्त खोप केन्द्रबाट कारणवश एउटा डोज पनि लगाउन नपाएका, दोस्रो डोज लगाउन छुटेका वा दुबै डोज लगाएर बुस्टर डोज लगाउन नपाएकाहरुलाई खोप लगाइनेछ । खोप कार्यक्रम बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म चल्नेछ । अभियान यही साउन १५ बाट सुरु भएको हो भने भदौ १४ सम्म जारी रहनेछ
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल