Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं र ललितपुर कोरोनाको ‘रेड जोन’मा

काठमाडौं र ललितपुर कोरोनाको ‘रेड जोन’मा

हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले काठमाडौं र ललितपुर दुई जिल्ला कोरोना संक्रमणको जोखिमका हिसाबले रेड जोनमा परेका छन्।

सरकारले सक्रिय संक्रमित ५ सय भन्दा बढी भएका जिल्लालाई रेड जोनमा राख्ने गरेको छ । सरकारको यही मापदण्ड अनुसार अहिले काठमाडौं र ललितपुर रेड जोनमा परेका हुन्। देशभर सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा सबैभन्दा बढी काठमाडौंमा २ हजार ३०६ जना पुगेका छन् भने ललितपुरमा ५४३ जना सक्रिय संक्रमित रहेका छन्। त्यसो त लगभग एक प्रतिशतभन्दा कममा झरिसकेको संक्रमण दर १२ प्रतिशतभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार कास्कीमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमितमध्ये ३६ जनाको आइसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा हालसम्म काेराेना संक्रमणबाट ११ हजार ९६८ जनाकाे ज्यान गएकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि