थप ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा ३ हजार ६९९ जनाको नमुना परीक्षण गरिएकोमा ४३८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेको छ ।
उता यहीवीच २७७ जना संक्रमित भने संक्रमणमुक्त भएका छन्। अहिले देशभर ४ हजार ३६९ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३३ जनाको आइसीयूमा र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण