थप ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा ३ हजार ६९९ जनाको नमुना परीक्षण गरिएकोमा ४३८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेको छ ।
उता यहीवीच २७७ जना संक्रमित भने संक्रमणमुक्त भएका छन्। अहिले देशभर ४ हजार ३६९ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३३ जनाको आइसीयूमा र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने