यी ४ अस्पतालमा हुन्छ एसिड आक्रमणमा परेकाको नि:शुल्क उपचार
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले एसिड आक्रमणमा परेकाको राजधानीका मुख्य ४ वटा अस्पतालबाट निःशुल्क उपचार दिने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हाे ।
आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने जनाएको छ।
एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूको उपचार नि:शुल्क गरिने भएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण