लायन्स क्लब अफ काठमाडौं ब्राभो र ओखलढुंगा पोकली वाटरफलको आयोजनामा रक्तदान कार्यक्रम
हेल्थ टिभी अनलाइन\काठमाडाैं : रगतको अभावलाई पूर्ति गर्ने उद्देस्यले लायन्स क्लब अफ ब्राभो तथा लायन्स क्लब अफ पोकली वाटरफलले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
लायन्स क्लब अफ ब्राभोका अध्यक्ष आदर्श कुमार श्रेष्ठले मानिसको जिवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले क्लबले रक्तदानको कार्यक्रम आयोजना गरेको जानकारी दिए । उक्त रक्तदान कार्यक्रममा लायन्स क्लबका पाष्ट डिस्ट्रिक गर्भनर रुद्र ज्ञवालीले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रेरित गर्नुपर्ने बताए ।
लायन्स क्लब अफ पोकली वाटरफलकी अध्यक्ष वर्षा राउतले रक्तदानको मानव जिवनमा ठूलो महत्व भएकोले रक्तदानप्रति मानिसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन ।
उक्त कार्यक्रममा रक्तदान गर्नेहरुलाई पाष्ट डिस्ट्रिक गर्भनर रुद्र ज्ञवाली, लायन्स क्लब अफ काठमाडौ ब्राभोका अध्यक्ष आदर्श कुमार श्रेष्ठ र लायन्स क्लब अफ पोकली वाटरफलकी अध्यक्ष वर्षा राउतले प्रमाणपत्र वितरण गरेका थिए ।
रक्तदान कार्यक्रममा ग्राण्डी अन्टराष्ट्रियअस्पतालबाट डा विपीन नेपालको संयोजकत्वमा स्वास्थ्यकर्मीहरुको टोली आएको थियो । लायन्स क्लबका सदस्यहरुलाई रगत आवस्यक परेको अवस्थामा ग्राण्डी अस्पतालले प्राथमिकता दिने भएको छ । काठमाडौंमा सम्पन्न रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?