काठमाडौंको फोहोर आजदेखि उठाउन सुरु गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले एक सातादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ ।
बुधबार महानगरपालिकाले सूचना जारी गरेर आजदेखि फोहोर उठाउन सुरु गर्ने जानकारी दिएको हो ।
काठमाडौंबाट जाने फोहोर विसर्जनस्थल सिसडाेल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले सर्वसाधारणलाई अनुरोध समेत गरेको थियो ।
अब भने सो बाटो बनाउने काम सकिएकाले फोहोर उठाउन लागिएको पनि महानगरले जनाएको छ ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?