Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धुलिखेलमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पताल

धुलिखेलमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पताल

हेल्थ टिभी अनलाइन \काठमाडौं : काभ्रेको धुलिखेलमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पतालको सुरुवात भएको छ । धुलिखेल ३ काभ्रेपलान्चोकमा पतञ्जली आयुर्वेद मेडिकल कलेज धुलिखेलको आफ्नै सुविधा सम्पन्न ४ तले भवनमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पतालको शुभारम्म भएको हो ।

आयुर्वेद शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुराउन सफल पतञ्जली आयुर्वेद मेडिकल कलेजद्धारा विशेषज्ञ सेवा सहितको आफ्नै २५ बेडको अस्पताल उपलब्ध अन्तरंग र बहिरंग सेवाहरुमा सबै विशेषज्ञ डाक्टरहरूको परामर्श सँगसँगै पञ्चकर्म सहित ल्याव टेष्ट ,भिडियो एक्सरे , एक्सरे , डेन्टल सेवा र परामर्श साथै हरेक दिन नि शुल्क योग सेवा पनि संञ्चालनमा रहने छ । हाल २५ बेडबाट संञ्चालनमा आएको यस अस्पतालमा निकट भविष्यमा १०० बेडसम्म विस्तार गर्ने योजनाको साथमा काम भईरहेको जनाइएको छ ।

पतञ्जली आयुर्वेद मेडिकल कलेजमा अध्ययनरत छात्र समन सिंह बस्नेतका अनुसार हाल कलेजमा १२० भन्दा बढी विद्यार्थीहरु आयुर्वेद चिकित्साका बिषयमा अध्ययन गरिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै