नेपाल क्यान्सर अस्पतालमा ‘हेड एण्ड नेक क्यान्सर सर्भाइभर्स मिट’ सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले हेड एण्ड नेक क्यान्सर सभाईभर्स मिट सम्पन्न गरेको छ । विश्व हेड एण्ड नेकक्यान्सरको अवसर पारेर अस्पतालले सर्भाइभर्स मिट गरेको हो ।
सो कार्यक्रममा हेड एण्ड नेक क्यान्सर विशेषज्ञ डा प्रभात ठाकुरले हेड एण्ड नेक क्यान्सरको प्रमुख कारक तत्व सुर्तीजन्य पदार्थ रहेको भन्दै यसको सेवन बन्द गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अन्य कारणहरु पनि छन् तर हेड एण्ड नेक क्यान्सरको ९० प्रतिशत कारण भने सुर्तीजन्य पदार्थको सेवन नै हो ।’
उनले समयमै पत्ता लागेमा र समयै उपचार गरेमा यो क्यान्सर पूर्ण रुपमा निको हुने भन्दै केही अस्वभाविक लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनपर्ने बताए ।
कार्यक्रममा हेड एण्ड नेक क्यान्सर भएर निको भएकाहरुले आ -आफनो उपचार अनुभव सुनाएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण