नेपालमा कोरोना संक्रमण दर १२ प्रतिशत पुग्यो, अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर १२ प्रतिशत पुगेको छ । गत सातासम्म १० प्रतिशत रहेको संक्रमण दर यो साता बढ्न गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएका नुमना परीक्षणमध्ये १२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४ हजार ४५४ जनाको नमुना परीक्षण गरिएको थियो । यीमध्ये ५६४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६० पुगेको छ ।
उता कोरोना संक्रमण दर बढेसँगै सिकिस्त भएर अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढिरहेको छ । हाल सक्रिय संक्रमितमध्ये १३५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये ३२ जनाको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण