Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ह्याम्स अस्पतालमा शल्यक्रिया नगरी मुटुको ‘एओर्टिक भल्भ’ प्रत्यारोपण

ह्याम्स अस्पतालमा शल्यक्रिया नगरी मुटुको ‘एओर्टिक भल्भ’ प्रत्यारोपण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको ह्याम्स अस्पतालमा छाती नचिरी मुटुमा रहेको भल्भ प्रत्यारोपण गर्ने ‘ट्रान्सक्याथेटर एओर्टिक भल्भ ट्रान्सप्लानटेसन’ सफलताका साथ गरिएको छ ।

ट्रान्सक्याथेटर एओर्टिक भल्भ इम्प्लान्टेशन विधिबाट ७४ वर्षीय पुरुषको सफलतापूर्वक भल्भ फेरिएको अस्पतालका निर्देशक डा ज्योतीन्द्र शर्माले बताए। गत आइतबार भल्भ फेरिएका ती पुरुषको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । नेपालमा यसरी प्रत्यारोपण गरिएको दोस्रो पटक हो भने निजी क्षेत्रको अस्पतालमा यसरी प्रत्यारोपण गर्ने ह्याम्स पहिलो अस्पताल बनेको छ ।

यस प्रविधिमा शल्यक्रिया नगरी खुट्टाको रगत नलीबाट क्याथेटर छिराएर मुटुको ‘एओर्टिक भल्भ’ प्रत्यारोपण गर्ने काम गरिन्छ ।

उक्त प्रत्यारोपण अस्पतालका चिकित्सक डा.ज्योतीन्द्र शर्मा, डा.यादव देव भट्ट, डा.रवि बराल, डा.मुकुन्द शर्मा, डा.मुरारीराज उप्रेती तथा डा.सुरज लामिछाने सम्मिलित टीमले डा.अमित चौरसियाको सहयोगमा सम्पन्न गरिएको हो । डा.अमित चौरसिया नेपाली डाक्टर हुन् भने उनी भारतमा यो प्रविधिका अब्बल चिकित्सकका रुपमा चिनिन्छन्। यसैगरी अन्य सहभागीहरुमा शान्ता सिंह डकुरी, श्वेता कुँवर, चुनकुमारी पुन, गृस्मा अर्याल, अविनाश गुप्ता, शारदा बतास, महेन्दै भट्ट, यमबहादुर कुमाल, प्रकाश तुलाधार, सिर्जना कार्की, देवी राना, बितिका अधिकारी र जुनु श्रेष्ठ रहेका थिए ।

शल्यक्रिया बिना नै भल्भ परिवर्तन गर्दा बिरामी निको हुने समय तुलानात्मक रुपमा कम हुनुका साथै शल्यक्रियाका विभिन्न जोखिम पनि कम हुने गर्छ ।

अस्पतालले यो सेवा अब निरन्तर दिने जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार