स्वास्थ्य मन्त्रालयले भन्यो, कोरोना संक्रमण बढ्न थाल्यो सचेत रहौं
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमण बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरेको छ।
बिहिबार मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १० बुँदे सूचना जारी गर्दै सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्कको प्रयोग र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जनाएका छन्।
यसैगरी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सार्वजनिक यातायात तथा विमानस्थल, गोष्ठी, सेमिनार तथा बढी भिडभाड हुने स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।
नेपालमा एक प्रतिशतभन्दा कममा झरेको कोरोना संक्रमण दर अहिले १० प्रतिशतभन्दा बढी भइसकेको छ भने अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढेको छ ।
हाल देशभर २ हजार ५३७ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण