स्वास्थ्य राज्यमन्त्रीद्धारा वंशाणुगत रोग केन्द्र स्थापना गर्न पहल गर्ने प्रतिवद्धता
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका छन् । वीर अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि आफूले पहल थाल्ने बताएका हुन् ।
उनले भने, ‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन अनुसन्धान नै नभएको पाइएको छ । वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ ।’ उनले वंशाणुगत रोगको विषयमा तथ्यांक राख्नुपर्ने र अध्ययन गर्न आवश्यक रहेको बताए ।
सो अवसरमा वीरअस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले वीरअस्पतालमा रगतजन्य वंशाणुगत रोगको उपचार नि:शुल्क हुँदै आएको र यसले विरामीलाई राहत पुगेको वताइन् । वंशाणुगत रोगका सन्दर्भमा सरकारले नीति योजना तर्जुमा गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपती प्राडा।देवनारायण शाह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामबाबु यादव, वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की , नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने