Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा बढ्दैछ कोरोना, संक्रमण दर १० प्रतिशत नाघ्यो

नेपालमा बढ्दैछ कोरोना, संक्रमण दर १० प्रतिशत नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा फेरि एकपटक कोरोना संक्रमण दर बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा परीक्षण गरिएकामध्ये १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ९८१ नमुना परीक्षण गर्दा ३९१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २७६ पुगेको छ । यहीवीच ४६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख २१ हजार ५१५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यसअघि देशभर कोरोना संक्रमण दर घटेर १ प्रतिशतभन्दा कममा झरेको थियो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार