मेडिकल व्यवसायी दुर्गा प्रसाईको पहलमा दुबईमा अलपत्र परेको युवतीको शव नेपाल ल्याइयो
हेल्थ टिभी अनलाइन \काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईले दुबईमा भएको एक जना नेपालीकाे शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाएका छन्। उनले आफनो दुबई भ्रमणका क्रममा दुबईमा रहेका अलपत्र परेका शव ल्याउन सरकारले व्यवास्ता गरेको भन्दै आफनै खर्चमा ल्याउने घोषणा गरेका थिए । मंगलबार उनको पहलमा एक युवतीको शव काठमाडौं ल्याइएको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीया सुकमाया रानाको शव आज दुबईबाट नेपाल ल्याइएको हो । रानाका आफन्त चेतन गुरुङले शव बुझेर आफूहरुले खर्च र कानूनी कारणले २ महिनादेखि नेपाल ल्याउन नसकेको शब प्रसाईले ल्याइदिएकोमा आफू आभारी भएको बताए । उनले भने, ‘सरकारले गर्ने काम एकजना व्यक्तिले गरिदिनुभयो । त्यसका लागि उहाँलाई धन्यवाद दिन्छु ।’
प्रसाईले अर्को हप्ता चारवटा शव ल्याएर आफन्तलाई बुझाउने जनाएका छन्। प्रसाईले भने, ‘सरकारले स्वदेश मै रोजगारी सृजना गरेर युवाहरुलाई वैदेशिक रोजगारमा जान रोक्न त सकेन नै पराई देशमा गएर अकालमा ज्यान गुमाएका युवाहरुको लास परिवारलाई दिन पनि सकेन । मानवीय हिसाबले मैले ति परिवारको पीडामा मल्हम लगाउन खोजेको मात्र हुँ ।’





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’