नेपालमा फेरि बढ्यो कोरोना : एकैदिन ४५७ जनामा संक्रमण, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई सातायता देशभर कोरोना संक्रमण दर ह्वात्तै बढे्को छ भने मृत्यु हुने क्रम पनि सुरु भएको छ । आइतबार तीन महिनापछि एक जना संक्रमितको मृत्यु भएको थियो । आज पनि एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण