नेपालमा फेरि बढ्यो कोरोना : एकैदिन ४५७ जनामा संक्रमण, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई सातायता देशभर कोरोना संक्रमण दर ह्वात्तै बढे्को छ भने मृत्यु हुने क्रम पनि सुरु भएको छ । आइतबार तीन महिनापछि एक जना संक्रमितको मृत्यु भएको थियो । आज पनि एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने