उपचार गर्नका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : राष्ट्रपति भण्डारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले उपचार गर्नकै लागि ठूला सहर तथा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन् ।
आइतबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको ५० औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले देशभरका सर्वसाधारणलाई पायक पर्ने स्थानमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने र बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएकी हुन् ।
उनले नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई मौलिक अधिकारका रुपमा स्थापित गरे अनुसार सबैले सहज रुपमा स्वास्थ्य सेवा लिन पाउनुपर्ने भए पनि अझै पनि उपचार सेवा सहज हुन नसकेको जनाइन्। उनले जनताको यो अधिकार सुनिश्चित गर्न सोही बमोजिमको पूर्वाधार तथा संरचना र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताइन्।
कार्यक्रममा संस्थानकी डीन प्राडा दिव्या सिंह शाहले संस्थानले ५० औं वर्षसम्म आइपुग्दा झण्डै २४ हजारभन्दा स्वास्थ्यका विभिन्न विषयका दक्ष जनशक्ति उत्पादन गरिसकेको जानकारी दिइन । उनले संस्थान नै नेपालमा मेडिकल शिक्षा सुरु गर्ने पहिलो संस्था भएको भन्दै यसलाई यहाँसम्म ल्याउन अग्रजहरुको ठूलो भूमिका रहेको बताइन्।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले अहिले जटिलभन्दा जटिल रोगको उपचार पनि नेपालमै हुन थालेको भन्दै बिरामी उपचारकै लागि विदेश गइहाल्नुपर्ने बाध्यताको बिस्तारै अन्त्य हुनेमा विश्वास व्यक्त गरे ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने