Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमा क्रियाशिल संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने

स्वास्थ्यमा क्रियाशिल संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं  : स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि ७ सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिने बताएका हुन् ।

उनले स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधन गर्न कार्यदल गठन हुने र कार्यदलले समस्या मात्रै नभई मन्त्रालयलाई सुझाव पनि दिने जनाए । कार्यदलबाट तत्काल के गर्न सकिन्छ ? र दिर्घकालीन के गर्न सकिन्छ ?  ठोस योजना बन्ने समेत उनले जिकीर गरे । उनले स्वास्थ्यका समस्या हल गर्न मन्त्रालय सदैब कटिबद्ध रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका समस्या हल गर्न आफू निरन्तर स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुसँग सँगै रहेर काम गर्दै आएको बताए । डा पोखरेलले आफ्ना हकहितसँगै जनतासँग जोडिने गरी काम गर्नुपर्ने बताए ।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको संयोजक समेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यकर्मीको माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने र अन्तर मन्त्रालय समन्वय अहिलेको खाँचो रहेको बताए ।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनका सदस्य सचिव माइकल देवकोटाले विगतमा भएको १९ बुँदे सम्झौता अक्षरश पालना हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले कानुनसम्मत भएको स्तरबृद्धी किन बदर भयो ? भन्दै प्रश्न गरेका थिए । यसैगरी स्वास्थ्यका कर्मचारीको सही रुपमा अभिलेख समेत नभएको गुनासो गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार