डाक्टर दिदीबहिनीको एकैपटक पुस्तक विमोचन
हेल्थ टिभी अनलाइन \काठमाडौं : एकै परिवारका डाक्टर दुई दिदीबहिनीको एकैपटक पुस्तक विमोचन भएको छ । बालरोग विशेषज्ञ प्राडा श्रृजना श्रेष्ठ र आँखारोग विशेषज्ञ प्राडा सबिना श्रेष्ठले एकैपटक कविता संग्रहको पुस्तक विमोचन गरेका हुन्। यसैगरी उनीहरुकी आमा मोतीशोभा श्रेष्ठको लघुकथा पनि शनिबार आयोजना गरिएकाे सोही समारोहमा विमोचन गरिएको छ ।
एकै परिवारका तीन जना सदस्यहरु आफू छुट्टै पेशामा रहेर पनि साहित्यमा लाग्नु र यसरी पुस्तक नै ल्याउनु विरलै मानिन्छ । डाक्टर दिदीबहिनी डा श्रृजना र डा सबिनाले कविता संग्रहको विमोचन गराएका हुन् भने आमा मोतिशोभाद्धारा लिखित लघुकथा विमोचन गरिएको हो । यी पुस्तक नेपाल भाषामा लेखिएको छ । यी सबै पुस्तक यसअघि नेपाली भाषामा सार्वजनिक गरिएकोमा सोहीलाई अहिले नेवारी अर्थात नेपाल भाषामा अनुवाद गरेर सार्वजनिक गरिएको हो ।
डा श्रृजनाले ‘प्रश्न चिन्हदेखि पूर्ण विरामसम्म’ र ‘बादललाई के थाहा’ नामक कविता संगह सार्वजनिक गरिन भने डा सबिनाले ‘जिन्दगी एक प्रश्न’ र ‘मनको स्पर्श’ नामक कविता संग्रह सार्वजनिक गरेकी हुन्। आमा मोतिशोभाद्धारा लिखित ‘आँसु’, ‘प्रकृति’, ‘सम्झनाका डायरी’, ‘सत्य’ नामक लघुुकथा नेपाल भाषामा अनुवाद गरेर सार्वजिनक गरिएको हो ।
उनीहरुले नेवारी भाषालाई पनि जगर्ने गर्ने उद्धेस्यले नेपाली भाषामा लेखिएको पुस्तकलाई नेवारी भाषामा अनुवाद गरि सार्वजनिक गरिएको जनाए ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा