चिकित्साशास्त्र अध्ययन संस्थानको ५० औं वार्षिकोत्सव, आइतबार राष्ट्रपतिले उद्घाटन गर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (इन्स्टिच्युट अफ मेडिसिन) को आइतबार ५० औं वार्षिकोत्सव कार्यक्रम रहेको छ । उक्त वार्षिकोत्सव कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
नेपालमा चिकित्सा शिक्षाको अध्यापन सुरु गर्ने पहिलो र अग्रणी संस्था चिकित्साशास्त्र अध्ययन संस्थान साउन १ गते ५० औं वर्षमा प्रवेश गर्न लागेको हो । यही अवसरमा संस्थानले साताव्यापी कार्यक्रमको आयोजना गरेको छ भने मुख्य कार्यक्रमको उद्घाटन आइतबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रपति भण्डारीबाट हुनेछ ।
संस्थानकी डीन प्राडा दिव्या सिंह शाहले वार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आइतबार १ बजे राष्ट्रपति भण्डारीबाट कार्यक्रमको उद्घाटन हुने जनाइन्। उनले संस्थानको ५० औं वार्षिकोत्सवको अवसर पारेर एकेडेमिक मिट, म्याराथन, कल्चरल कार्यक्रम लगायतका विभिन्न कार्यक्रम गरिएको जनाइन्।
यसका साथै वार्षिकोत्सव कार्यक्रमका लागि अस्पतालको सेवा नै बन्द गर्न लागिएको भन्ने विषयमा त्यस्तो नभई पत्रमा केही त्रुटी भएको र अहिले सच्याएर पुन पत्र पठाइएको बताइन् । उनले महत्वपूर्ण कार्यक्रम भएकाले विभागिय प्रमुखहरुलाई बिहानी सत्रमा सेवा सञ्चालन गरेर दिउँसो उपस्थित हुन भनिएको प्रस्ट पारिन्। उनले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भनिन, ‘हाम्रो उद्धेस्य सेवा रोक्नु होइन, बुझाई गलत भएको मात्र हो ।’
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने