फेरि बढ्न थाल्यो संक्रमण, २४ घण्टामा २०६ संक्रमित थपिए
सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २०६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १७५ जनाको नमुना परीक्षण गरिएकोमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५ पुगेको छ । यसैगरी आज ४५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ६३ हजार ३८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा दुई साता यता कोरोना संक्रमण दर उकालो लाग्ने क्रममा रहेको छ । यसैगरी आइसीयूमा १२ र भेन्टिलेटरमा एक जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
केही दिन यता अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयले नेपालमा कोरोना संक्रमण दर बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सबैलाई आग्रह गरेको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै