जेष्ठ नागरिकलाई कृत्रिम दाँतको सेट
हेल्थ टिभी अनलाइन \काठमाडौं : पाँचथर फिदिमका जेष्ठ नागरिकलाई कृतिम दाँत उपहार प्रदान गरिएको छ । दुर्गम क्षेत्रका जेष्ठ नागरिक लक्षित सप्ताहव्यापी नि:शुल्क शिविरमार्फत कृतिम दाँत उपहार दिनुका साथै अन्य दन्त उपचार प्रदान गरिएको हो ।
स्वास्थ्य सेवा बिभागको उपचारात्मक सेवा महाशाखाले शिविरको आयोजना गरेको हो । शिविरको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख रामकुमार आगदाम्बेले यस्ता खालका शिविरबाट जेष्ठ नागरिकले आफनै घर नजिकै सेवा लिनसक्ने हुनाले नियमित रुपमाा शिविर गर्नुपर्ने बताए।
यसैगरी शिविरको उदघाटन कार्यक्रमको अध्यक्षता गरिरहेका फिदिमका मेयर मित्रप्रसाद काफ्लेले जेष्ठ नागरिकका समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिदिएकोमा आयोजकलाई धन्यवाद दिए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले महाशाखाले जेष्ठ नागरिक लक्षित दन्त उपचार कार्यक्रम सातै प्रदेशमा गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।
शिविरमा वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट डेण्टल सर्जन डा. प्रकाश बुढाथोकीले शिविरको उद्देस्य, प्रक्रिया तथा पाउन सकिने सेवा र हुने उपलब्धिका बारेमा जानकारी गराएका थिए । डा. बुढाथोकीले दाँत हुँदा र नहुँदा धेरै नै फरक पर्ने भन्दै जेष्ठ नागरिकको दाँतमा पनि व्यवास्ता गर्न नहुने बताए । उनले कृतिम दाँत राखेपछि अपनाउनुपर्ने सावधानीकाबारेमा समेत प्रस्ट पारेका थिए ।
शिविरमा १२१ जना जेष्ठ नागरिकको पूरै कृतिम दाँत राखिएको थियो भने एक हजारभन्दा बढीले दन्तसम्बन्धी विभिन्न सेवा लिएका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’