Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा ९८ जना नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ९८ जना नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १५४ जनाको नमुना परीक्षण गरिएकोमा ९८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५६४ पुगेको छ । यसैगरी आज २७ जना संक्रमित निको भएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६२ हजार ९७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार