राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइयो
हेल्थ टिभी अनलाइन \काठमाडौं : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएको छ। विभागले आज टेकुमा एक कार्यक्रम गरी पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएको हो।
कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा संघका अध्यक्ष जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सा नसर्ने रोगका लागि निकै फलदायी र महत्वपूर्ण औषधि विहीन चिकित्सा पद्दति भएको बताए। उनले पछिल्लो समय सबैको टाउको दुखाई बनेको नसर्ने रोगको नियन्त्रणमा प्राकृतिक चिकित्साको ठूलो भूमिका हुने जिकीर गरे ।
उनले प्राकृतिक चिकित्सामा दरबन्दी सिर्जना गरेर यसलाई अझै व्यवस्थित बनाउँदै लानुपर्ने समेत जनाए । कार्यक्रममा आयुर्वेद तथा प्राकृतिक चिकित्सकहरुको उपस्थिती थियो । उनीहरुले अहिलेको समयमा प्राकृतिक चिकित्साको महत्वकाबारेमा धारणा राखेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण