बालबालिकाका लागि २३ लाख डोज फाइजर खोप काठमाडौं आइपुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोभिड विरुद्धको थप २३ लाख डोज फाइजर पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ।
कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा फाइजरको पेडियाट्रिक खोप आइतबार काठमाडौं आइपुगेको हो । अहिले खोप सञ्चालन भइरहेका २७ जिल्लाका बालबालिकाका लागि यो खोप आइपुगेको हो । सरकारले यही असार ९ गतेदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पहिलोपटक कोरोना विरुद्धको खोप दिन सुरु गरेको हो ।
पहिलो चरणमा २७ जिल्ला र दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि खोप अभियान सञ्चालन गर्ने लक्ष्य सरकारले लिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण