भारतमा एकैदिन थपिए १६ हजार कोरोना संक्रमित, ३१ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमणको दर फेरि एकपटक बढ्न थालेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा १६ हजार १०३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। यसैगरी ३१ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या बढेर १ लाख ११ हजार ७११ पुगेको छ । भारतमा अहिले पनि कोरोना संक्रमण दर ४ दशमलब २७ प्रतिशत रहेको छ ।
नेपालमा पनि केही दिन यता संक्रमण दर उकालो लाग्ने क्रममा देखिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’