मेट्रो काठमाडौं अस्पतालमा ब्लड बैंक स्थापना
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको महाराजगंजस्थित मेट्रो काठमाडौं अस्पतालले रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरेको छ ।
अस्पतालमा रगतको अभाव भई बिरामी यताउता भौतारिन नपरोस र उपचारमा सहज होस् भनेर अस्पतालले आफनै ब्लड बैंक स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत टोपेन्द्र प्रकाश वलीले जानकारी दिए । आज उनले आफूले रक्तदान गरेर ब्लड बैंकको सेवा सुरु गरेका हुन्।
उनले सेवा सुरु गर्दै बिरामीको सेवामा मेट्रो काठमाडौं अस्पताल सधैं समर्पित हुने र गुणस्तरीय उपचारका लागि कुनै कसर बाँकी नराख्ने समेत प्रतिवद्धता जनाए ।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’