काठमाडौंमा थप २ जनामा देखियो हैजा, बिरामीको संख्या १४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा देखिएको छ। योसँगै हैजाका बिरामीको संख्या १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार असार २ गतेयता बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजा पुष्टि भएको हो। डा मिश्राले हैजा पुष्टि हुने क्रम बढ्न सक्ने भन्दै पानी उमालेर पिउन तथा सरसफाईमा ध्यान दिन आग्रह गरेकी छिन्।
डा मिश्राले हैजाका बिरामी देखिन थालेपछि विभिन्न क्षेत्रबाट पानीको नमुना संकलन गरेर परीक्षण गरिरहेको र ललितपुरमा संकलन गरिएका १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने जिवाणु भेटिएको जनाइन्।
हैजाबाट बच्न पानी उमालेर मात्र पिउन र खानेकुरामा ध्यान दिन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण