भारतमा एकैदिन १४ हजार भन्दा बढी कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ केही दिन यता संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेको छ । यही क्रममा गत २४ घण्टामा १४ हजार ५६ जना संक्रमित थपिएका हुन्।
यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ३० जना संक्रमितको ज्यान गएको बताइएको छ । सक्रिय संक्रमितको संख्या अहिले एक लाख नजिक पुग्न लागेको बताइएको छ ।
पछिल्लो तथ्यांक अनुसार भारतमा अहिले ९९ हजार ६०२ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। भारतमा संक्रमित बढ्दा ओपन बाेर्डरका कारण नेपालमा पनि संक्रमणको जोखिम बढ्ने गर्छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो