भारतमा एकैदिन १४ हजार भन्दा बढी कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ केही दिन यता संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेको छ । यही क्रममा गत २४ घण्टामा १४ हजार ५६ जना संक्रमित थपिएका हुन्।
यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ३० जना संक्रमितको ज्यान गएको बताइएको छ । सक्रिय संक्रमितको संख्या अहिले एक लाख नजिक पुग्न लागेको बताइएको छ ।
पछिल्लो तथ्यांक अनुसार भारतमा अहिले ९९ हजार ६०२ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। भारतमा संक्रमित बढ्दा ओपन बाेर्डरका कारण नेपालमा पनि संक्रमणको जोखिम बढ्ने गर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण