काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, ललितपुरमा पानीपुरी बेच्न रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ। यो सँगै काठमाडौंमा हैजा भएका व्यक्तिको संख्या १२ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा देखिने क्रम बढ्दै गएकाले पानी उमालेर पिउन सबैलाई आग्रह गरेको छ । झाडापखालाका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत अन्य अस्पतालमा पनि भर्ना हुने क्रम बढेको र यसले हैजाका बिरामी बढ्न सक्ने अनुमान गरिएको छ ।
काठमाडौंमा यसअघि डिल्लीबजार, बागबजार लगायतका क्षेत्रमा ह्रैजाका बिरामी भेटिएपछि त्यहाँको पानी परीक्षणका लागि समिति गठनभएको थियो । उता सडकमा बेच्न राखिने पानी पुरी लगायतका खानेकुरामा दूषित पानी प्रयोग गरेको भन्दै ललितपुर महानगरले आजदेखि सडकमा पानीपुरी, चटपटे बेच्न प्रतिबन्ध लगाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’