काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, ललितपुरमा पानीपुरी बेच्न रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ। यो सँगै काठमाडौंमा हैजा भएका व्यक्तिको संख्या १२ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा देखिने क्रम बढ्दै गएकाले पानी उमालेर पिउन सबैलाई आग्रह गरेको छ । झाडापखालाका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत अन्य अस्पतालमा पनि भर्ना हुने क्रम बढेको र यसले हैजाका बिरामी बढ्न सक्ने अनुमान गरिएको छ ।
काठमाडौंमा यसअघि डिल्लीबजार, बागबजार लगायतका क्षेत्रमा ह्रैजाका बिरामी भेटिएपछि त्यहाँको पानी परीक्षणका लागि समिति गठनभएको थियो । उता सडकमा बेच्न राखिने पानी पुरी लगायतका खानेकुरामा दूषित पानी प्रयोग गरेको भन्दै ललितपुर महानगरले आजदेखि सडकमा पानीपुरी, चटपटे बेच्न प्रतिबन्ध लगाएको छ ।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै