४० वर्षको उमेरसम्म ४४ बच्चा !
हेल्थ टिभी अनलाइन : एक महिलाले ४० वर्षको उमेरसम्म ४४ जना बच्चालाई जन्म दिइसकेकी छिन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर पूर्वी अफ्रिकाको युगान्डाकी मरियम नामक एक महिलाले ४० वर्षको उमेरमा ४४ बच्चा जन्माएर विश्वलाई नै अचम्ममा पारेकी हुन्।
उनको मेडिकल स्थितीका कारण यस्तो भएको चिकित्सकहरुले जनाएका छन्। उनमा सामान्य महिलाभन्दा बच्चा जन्माउने क्षमता कयौं गुणा बढी भएको अर्थात हाइपर ओबुलेसनको अवस्थाका कारण उनले एक पटकमा ४ जनासम्म बच्चा जन्माउँदै आएकी हुन्। ४४ बच्चा जन्माउने बेलासम्म उनले एकपटक मात्र सिंगल बच्चा जन्माएको र अन्य सबै गर्भमा ३ देखि ४ बच्चा रहेको बताइएको छ । यो मेडिकलको भाषामा एक रोग हो ।
उनमा भएको हाइपर ओबुलेसन रोगको उपचार सम्भव भए पनि उनको स्वास्थ्य संस्थामा पहुँच नहुँदा र आर्थिक अवस्था कमजोर हुँदा यसको उपचार गर्न नसकेको बताइएको छ ।
आजतकबाट :
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा