पछिल्लो २४ घण्टामा ४३ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५५५ जनाको नमुना परीक्षण गरिएकोमा ४३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशभर अहिले १८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ५० हजार ६१ जनाले कोरोना विरुद्ध खोप लगाएका छन्।
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पहिलाेपटक २७ जिल्लामा बिहिबारदेखि कोभिड विरुद्धको खोप दिन सुरु गरेकाे छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल