यसरी लगाउन सुरु गरियो बालबालिकालाई कोभिड विरुद्धको खोप (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड विरुद्धको खोप दिन सुरु गरेको छ ।
स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह, मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्रा तथा उच्च स्वास्थ्य अधिकारी, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा राजेश सम्भाजीराव पाण्डव , युएसएआइडी नेपालकी मिशन निर्देशक सेपिडे केभान्साड लगायतको उपस्थितीमा भक्तपुरको सानोठीमीमा रहेको आदर्श माध्यमिक विद्यालयबाट बालबालिकालाई कोभिड खोप दिन सुरु गरिएको हो ।
बालबालिकालाई फाइजर बायोनटेक पेडियाट्रिक खोप दिन लागिएको हो । याे खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकी सरकारबाट नि:शुल्क प्राप्त भएको हो । बालबालिकाका लागि अमेरिकाबाट आइतबार नै २२ लाख डाेज खोप काठमाडौं आइपुगिसकेको छ ।
सरकारले देशभरका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दुई चरणमा गरेर खोप दिने तयारी गरेकाे छ । पहिलो चरण आजबाट २७ जिल्लामा सुरु भएको छ भने बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि लगाउन सुरु गरिनेछ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै