आजदेखि २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि ५ देखि ११ वर्ष सम्मका २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप दिन लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि २७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा खोप दिन लागिएको हो । बालबालिकाहरुलाई खोप दिनका लागि उनीहरुकै विद्यालयलाई खोप केन्द्र तोकिएको छ भने २ सयभन्दा कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीकाे हकमा भने नजिकैको विद्यालयललाई खोप केन्द्र बनाइएको छ । सरकारले बालबालिकाहरुलाई फाइजर बायोनटेक पेडियाट्रिक खोप दिन लागेको हो । यो खोप पूर्णतया सुरक्षित रहेको पनि मन्त्रालयले जनाएको छ
सरकारले पहिलो चरणमा २७ जिल्लामा आजदेखि यही असार १५ गतेसम्म बालबालिकालाई पहिलो मात्रा खोप दिन लागेको हो । साउन २ देखि ८ गतेसम्म सोही समूहलाई कोरोनाको दोस्रो मात्रा खोप दिनेछ । यसैगरी दोस्रो चरणमा बाँकी रहेका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्र खोप दिइने मन्त्रालयले जनाएको छ । सो समूहलाई दोस्रो मात्रा खोप भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने