आजदेखि २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि ५ देखि ११ वर्ष सम्मका २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप दिन लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि २७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा खोप दिन लागिएको हो । बालबालिकाहरुलाई खोप दिनका लागि उनीहरुकै विद्यालयलाई खोप केन्द्र तोकिएको छ भने २ सयभन्दा कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीकाे हकमा भने नजिकैको विद्यालयललाई खोप केन्द्र बनाइएको छ । सरकारले बालबालिकाहरुलाई फाइजर बायोनटेक पेडियाट्रिक खोप दिन लागेको हो । यो खोप पूर्णतया सुरक्षित रहेको पनि मन्त्रालयले जनाएको छ
सरकारले पहिलो चरणमा २७ जिल्लामा आजदेखि यही असार १५ गतेसम्म बालबालिकालाई पहिलो मात्रा खोप दिन लागेको हो । साउन २ देखि ८ गतेसम्म सोही समूहलाई कोरोनाको दोस्रो मात्रा खोप दिनेछ । यसैगरी दोस्रो चरणमा बाँकी रहेका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्र खोप दिइने मन्त्रालयले जनाएको छ । सो समूहलाई दोस्रो मात्रा खोप भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण