Health TV Online
Health TV Online
Health TV Online

सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

हेल्थ टिभी अनलाइन \काठमाडौं : सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार -२०७९ बाट नागरिक दैनिक पत्रिकाकी स्वास्थ्य विटमा लेख्ने पत्रकार पवित्रा सुनार पुरस्कृत भएकी छिन्। सुदर्शन शारदा देवकोटा स्मृति फाउन्डेशनले उक्त पुरस्कारको स्थापना गरेको हो ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ र फाउण्डेसनका अध्यक्ष डा सुधा देवकोटाले ३० हजार राशीसहितको उक्त पुरस्कार सुनारलाई हस्तान्तरण गरेका हुन्।

आफना स्वर्गीय पत्रकार बुवा सुदर्शन देवकोटाको सम्झनामा डा सुधा देवकोटाले उक्त फाउन्डेसन स्थापना गरेकी हुन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार